परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्यो

चौबिस घण्टामा ३८९९ जना संक्रमित थपिए

१२ साउन, काठमाडौं
नेपालमा कोरोना परीक्षण बढाइएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ ।

आज काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ गरि उपत्यकामा ७७४ जना संक्रमित थपिएका छन् । थप १ हजार ७ सय ७८ जना संक्रमित निको भएका छन् । मंगलबार २० जनाको मृत्यु पुष्टि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो ।

देशभर हाल २८ हजार ८३६ जना सकृय संक्रमित छन् । तिमध्ये २५ हजार ९३८ जना होम आइसोलेशनमा तथा २ हजार ८९८ जना संस्थागत आइसोलेशनमा छन् । गम्भिर अवस्थाका ६११ जना संक्रमित आइसीयूमा उपचाररत रहेकामा१७१ जना भेन्टिलेटरमा छन् ।

देशभर हालसम्म ३५ लाख ६३ हजार ९७८ जनाको पिसीआर परीक्षण गर्दा ६ लाख ८५ हजार ६७३ र २ लाख ९९ हजार ६२४ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ हजार १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको ९४.४ प्रतिशत अर्थात ६ लाख ४७ हजार ७९ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here