निर्वाचन आयोगको प्रतिवेदन संसदमा पेश

१२ साउन, काठमाडौं
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका छन् ।

सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन पेश गरिएको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेगरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here