जसपा कार्यकारिणी समिति बैठक बस्दै

Upendra Yadav

१२ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।

दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा सहभागी नहुने भएको छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताए ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here