फुटबल खेल्दाको विवादले लियो किशोरको ज्यान

१२ साउन, मोरङ ।

फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ ।

छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ ।

‘स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन्,’ उनले भने ।

छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुसन धामी पनि घाइते भएका छन् ।

छुरा प्रहारबाट सुसनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले बताए । सामान्य अवस्थामा रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ ।

घटनामा संलग्न अरु युवाहरू फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए । युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवम् झगडा भएको प्रहरीले बताएको छ ।

विवाद त्यतिबेलै मिलाइएको भए पनि ‘रिसिइबी’ साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here