परीक्षण बढाएसँगै बढ्यो कोरोना संक्रमितको संख्या

११ साउन, काठमाडौं
देशभर कोरोना संक्रमितको संख्या बढेको छ । परीक्षण बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ ।

सोमबार देशभर १७ हजारको परीक्षण गर्दा ३४ सय बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १२ हजार २ सय ४० जनको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ४ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन् ।

आज काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् । थप २५ जना संक्रमितको मृत्यु भएको छ भने यस अवधिमा १ हजार ६ सय ८६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको । नेपालमा संक्रमण मुक्त हुने दर ९४.५ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयुमा ६६९ उपचाररत रहेकामा १६६ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here