सानाकिसान सहकारीलाई ट्याक्टरसहित १८ प्रकारका कृषियन्त्र हस्तान्तरण

नीरज यादव
११ साउन, सर्लाही
प्रदेश सरकारले सानाकिसान सहकारी संस्थालाई करोडौंको कृषियन्त्र हस्तान्तरण गरेपछि यतिबेला सर्लाहीको शंकरपुरका किसान हर्षित भएका छन् ।
बागमती नगरपालिका वडा नं. १० शंकरपुरमा रहेको साना किसान सहकारी संस्थालाई प्रदेश सरकार प्रदेश नं. २ कृषि विकास निर्देशनालय क्षेत्रीय कार्यालय नक्टाझिज धनुषाले करोडौंको सामग्री हस्तान्तरण गरेपछि किसानहरु खुसी भएका छन् ।
प्रदेश सरकार प्रदेश नं. २ कृषि विकास निर्देशनालय क्षेत्रीय कार्यालय नक्टाझिज धनुषाको समन्वयमा २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसा बराबको कुल रकममा अनुदान रकम रु. १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा प्राप्त भएको साना किसान सहकारी संस्था शंकरपुरले जनाएको छ ।

बाँकी रकम रु १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैयाँ ५ पैसा संस्थाको लागत रहेको साना किसान सहकारी संस्थाका अध्यक्ष कमल कुमारी पोखरेलले जानकारी दिए ।

कृषि सामग्रीहरुमा टयाक्टर ६ थान, पावर टिलर २ थान, माटो मिलाउने २ थान, मिनि टेलर २ थान, मकै रोप्ने मेसिन ५ थान, ट्रली ५ थान, बोरा सिलाउने मेसिन २ थान, रोटाभेटर ४ थान उपलब्ध गराइएको थियो ।

त्यस्तै एमबी प्लग १ थान, डिक्स ह्यारो ४ थान, कल्टीभेटर ६ थान, धानको बिउ रोप्ने १ थान, प्लाष्टिक ट्रय २ हजार थान, धानको बिउ राख्ने मेसिन १ थान, रिपर २ थान, स्टार रिपर १ थान,सम्पुर्ण सम्मान राख्ने ट्रष्ट घर लगायत १८ थान कृषि सामग्री हस्तान्तरण गरिएको साना किसान सहकारी संस्थाले जनाएको छ ।

संस्थाले बुझेका सम्पुर्ण कृषि सामग्री शंकरपुरका किसानहरुको विभिन्न कृषि कार्य गर्न सहुलियत दरमा गर्ने संस्थाले जनाएको छ । सोमवार भएको कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कष्टम ह्यारिगं सेन्टरको उद्घाटन गरी उक्त कृषि यन्त्र सहकारीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री साहले कृषि क्षेत्रको विकासको लागि सदैव लागि रहने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली उप्रेती, बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो, बागमती नगरपालिका उपप्रमुख लिला मोक्तान, कृषि विकास निर्देशनालय क्षेत्रीय कार्यालय नक्टाझिजका निर्देशक डा. रत्न कुमार झा, साना किसान विकास लघुवित्तका ईलाका प्रबन्धक युवराज गैरे, कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here