मदरसा शिक्षा विद्येयककाे विरोधमा प्रदेश २ का मुख्यमन्त्रीको पुत्ला दहन

११ साउन, काठमाडौं
प्रदेश दुई सरकारले मदरसा विद्येयक ल्याएको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ ।

प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो । अभियानले विधेयक फिर्ता गर्न माग गरेको छ ।

अभियानमा संलग्नहरुले मुख्यमन्त्रीको पुत्ला दहन गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो । मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा पुगेर कोणसभा गर्दै सम्पन्न भएको थियो ।

जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका थिए । मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here