आयोगकाे फैसला : ठाकुर पक्षले नयाँ दल दर्ता गर्न सक्ने (पूर्ण पाठसहित )

११ साउन, काठमाडौं
जनता समाजवादी पार्टी जसपाको विवादबारे निर्णय सुनाउँदै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहे दर्ता गर्न सकिने निर्णय गरेको छ ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई प्रदान गरेपछि आयोगले ठाकुर पक्षले नयाँ दल बनाउन चाहे दर्ता गरिदिने निर्णय गरेको हो । ‘पार्टीको आधिकारिकता यादव पक्षले पाएको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहेमा दर्ता गरिदिने निर्णय भएको छ ।’

आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै ५१ पदाधिकारी सदस्यहरुलाई बोलाएर हेडकाउन्ट गरी आधिकारिता यादव समूहलाई प्रदान गरेको हो । पार्टीको आधिकारिकता यादव पक्षले पाएसँगै ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको छ ।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादवलाई समर्थन गरेका छन् भने ठाकुर पक्षमा १६ जना सदस्य मात्र देखिए ।

आयाेगकाे फैसलाकाे पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here