कम्तीमा एक हजार अक्सिजन सिलिण्डर भरेर राख्न आपूर्ती केन्द्रहरुलाई मन्त्रालयको निर्देशन

११ साउन, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न सातैवटा प्रदेश आपूर्ति केन्द्रलाई निर्देशन दिएको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद पनि कोभिड–१९ को संक्रमणदरमा कमि नआएको भन्दै मन्त्रालयले विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेकाले उक्त सम्भावित चुनौतीको सामना गर्नका लागि अक्सिजन सिलिण्डर भरेर राख्न प्रदेश आपूर्ति केन्द्रहरुलाई निर्देशन दिएको हो ।

‘साथै मौजुदा सिलिन्डरहरु पनि खालि नराख्नहुन र अक्सिजन, पिएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सेन्ट्रेलरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ’ महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायद्धारा जारी पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here