नीरज यादव
११ साउन, सर्लाही
सर्लाहीमा विद्युत आपूर्ति अनियमित भएपछि उपभोक्ता आक्रोसित भएका छन् । कहिले दिनभरी नै विद्युत आउने–जाने गरिरहने र कहिले रातभरी विद्युत आपूर्ति बन्द हुने भएपछि उपभोक्ता हैरान भएका छन् ।
प्राधिकरणका कर्मचारीले भने त्यसलाई प्राविधिक समस्या, ३३ के. भी बिग्रेको भन्दै आलटाल गर्दै आएका स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख बिनोद यादवले विद्युत प्रवाहमा देखिएको अवरोध चाँडै सल्टाउने बताएपनि प्रतिबद्धता जनाएपनि समस्या सुल्झन सकेको छैन ।
विद्युतको लाईन आउने-जाने भइरहंदा बिद्युतिय उपकरणमा समेत क्षति पुग्ने गरेको मलंगवा नगरपालिका–१० का अजय यादवले गुनासो गरे । अहिले अनलाईन कक्षा पढिरहेका विद्यार्थीहरु पनि यसबाट मर्कामा परेका छन् ।
यस्तैगरी विद्युतबाट सञ्चालन हुने उद्योग कारखानाको काम प्रभावित भएको तथा सरकारी कार्यालय, वित्तिय संस्था र अन्य निकायबाट अनलाइन मार्फत लिनुपर्ने सेवा समेत प्रभावित भएको गुनासो छ ।