११ साउन, काठमाडौं
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्नेलाई सचेत गराइएको छ ।
कांग्रेसको अनुशासन समितिले घिमिरेमाथि हातपात गर्ने सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देश गरेको हो ।
अनुगमन समितिको सोमबार बसेको बैठकले बस्नेतलाई सचेत गराउने निर्णय गरेको समितिका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफूहरू निकटलाई सदस्यता नदिएको भन्दै घिमिरेमाथि काठमाडौं गौशालास्थित छानबिन समितिको कार्यालयमै हातपात भएको थियो ।