उपेन्द्र यादवलाई जसपाकाे आधिकारिकता प्राप्त, हेड काउन्टमा यादवकाे समूहमा ३४, महन्थलाई १६ जनाकाे मात्र समर्थन

Upendra Yadav

११ साउन, काठमाडौं

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई प्रदान गरेको छ ।

आयोगले आज ५१ कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि दुई तिहाई बहुमत प्राप्त उपेन्द्र यादव समूहलाई आधिकारिकता प्रदान गरेको हो ।

आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन जसपाको कार्यकारिणी समितिका ५१ सदस्यहरुलाई उपस्थित हुन आदेश दिएको थियो ।

आयोग पुगेका ३४ जना सदस्यले यादवको पक्षमा मत दिएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए । निलम्बित सांसद रेशम चौधरी तटस्थ बसे ।

आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको नेता महेन्द्र राय यादवले बताए । हामीले ४ जनालाई यसअघि नै कारबाही गरिसकेका छौँ । त्यहीअनुसार पार्टी अगाडि बढ्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here