११ साउन, काठमाडौं
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न प्रस्ताव गरेका छन् ।
मार्ग परिवर्तन : विचार भन्दा माथी देश नामक अवधारणा पत्र पार्टीमा छलफलको प्रस्ताव पेस गर्दै मिश्रले यसबारे छलफल गर्न माग गरेका हुन् ।
उनले स्थानीय तहलाई पुर्नसंरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।
एकातिर संघीयता नै चित्त नबुझिरहेको अवस्थामा संघीयतामा थप आर्थिक भार, भ्रष्टाचार र असक्षमताका हाँगाबिँगा मौलाउँदै जाँदा आम सर्वसाधारणमा संघीयता प्रति वितृष्णा बढ्दै जानु स्वाभाविक रहेको उनको ठहर छ ।
प्रदेश तह नै अर्थहीन सरह भएको र त्यसले केवल खर्च भार मात्र बढाएको कतिपय विज्ञहरूको राय रहेको उनको भनाई छ ।
‘राजनीतिक विचारका हिसाबले म धर्म निरपेक्षता वादी व्यक्ति हुँ । तर धरातलीय यथार्थलाई नजरअन्दाज गरेर विचारको कोरा अनुशरण गर्न खोज्दा समाजहरु ध्वस्त भएका धेरै उदाहरण छन् । धरातलमा लागू हुन नसक्ने विचार आकाशमा बतासिन्छ’ उनको प्रस्तावमा भनिएको छ ।
मिश्रकाे प्रस्तावकाे दस्तावेजका लागी यहाँ क्लिक गर्नुहाेस्
Rabindra-Mishra-prastab