जसपाको हेड काउन्ट गर्दा उपेन्द्र यादवलाई दुईतिहाई बहुमत

११ साउन, काठमाडौं

जनता समाजवादी पार्टी जसपाको आधिकारिक विवादको लागि ‘हेड काउन्ट’ गर्दा अध्यक्ष उपेन्द्र यादव समूहमा दुईतिहाइ बहुमत देखिएको छ ।

निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यहरुलाई निर्वाचन आयोग बोलाएको थियो । उपेन्द्र यादव पक्षमा ३४ जना कार्यकारिणी सदस्यले समर्थन जनाएका छन् ।

यादवको समूहमा उनीसँगै डा.बाबुराम भट्टराई, अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव रहेका छन् ।

यस्तैगरी, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहाय प्रसाद यादव, डम्मरु बल्लभ खतिवडा, प्रकाश अधिकारी, मोहम्मद ईस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रसान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव र मनिषकुमार सुमन पनि उपेन्द्र समूहमै उभिएका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुरको समूहमा उनीसँगै १६ जना छन् । यो समूहमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशबकुमार झा, अकवाल अहमद शाह, दानबहादुर विश्वकर्मा, निर्जला राउत र सुनीलकुमार झा रहेका बताइएकाे छ ।

निर्वाचन आयाेगले भने जसपाकाे कार्यकारिणी सदस्यकाे मतविभाजनमा कसकाे पक्षमा कति भनेर खुलाइसकेकाे छैन।

निर्वाचन आयोग पुगेका कार्यकारिणी सदस्य रेशम चौधरी भने आधिकारिकताको विवादमा कसैको पक्ष र विपक्ष नलिई जसपाको हुँ भन्दै तटस्थ बसे ।

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here