११ साउन, काठमाडौं
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्राविधिक विभाजनले पार्टीमा कुनै असर नगर्ने बताएका छन् ।
पार्टीको आधिकारिता विवदा टुँगोमा पुर्याउन हेट काउन्टका लागि बोलाएपछि निर्वाचन आयोगले पुगेका महतोले पार्टीमा आफूहरु अल्पमतमा परेपनि विचलित नहुने बताएका हुन् ।
‘अहिलेको मत विभाजन प्राविधिक कुरा हो । यसबाट कुनै असर पर्नेवाला छैन, आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले भने, ‘दल कतै गएको छैन । ५१ जना मात्रै दल होइन । हामी विचलित हुनेछैनौँ ।’
उनले एक बर्षअघिको कुरा कोट्याउंदै भने ‘आज दुर्भाग्यपूर्ण अवस्था आयो । एक वर्षअघि उपेन्द्र यादवको पार्टी विभाजन हुँदा हामीले बचाइदिएको यसको लागि थिएन ।’