शेयर बजारमा ८ अंकको गिरावट, ७ कम्पनीको शेयर मूल्यमा सर्किट

११ साउन, काठमाडौं
धितोपत्र बजारमा साताको दोस्रो दिन कारोवार दिन सोमबार नेप्से ८ अंकले ओरालो लागेको छ । नेप्से ८.२४ अंकले घटेर ३०५०.४३ बिन्दुमा अड्डीएको छ ।

बजार घटेपनि नेप्सेमा सूचिकृत २२३ ओटा कम्पनीमध्ये ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउण्टेन हाइड्रोनेपाल र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर हालसम्मकै उच्च ३०५८.६८ को विन्दुमा उक्लिएको थियो । सोमबार १४ अर्बको कारोवार भएको छ । ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजारमा किनबेच भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here