११ साउन, काठमाडौं
कोरोना र बाढीपहिरोबाट पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढीपहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको भन्दै उनीहरुका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न माग गरिन् ।
नेकपा एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन् । ‘कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनु पर्दछ’ उनले भनिन् ।