सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

११ साउन, काठमाडौं
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच सोमबार छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको उनको सचिवालयले जनाएको छ ।

विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि सभामुख र अर्थमन्त्रीबीच छलफल भएको र सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here