११ साउन, काठमाडौं
काठमाडौं मेडिकल कलेज (केएमसी) का कर्मचारी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
कर्चचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै केएमसीका कर्मचारीहरुले सोमवार बिहान मेडिकल कलेजअगाडि प्रदर्शन गरेका छन् । अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन् ।
उनीहरुले कर्मचारी विनियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् ।