११ साउन, काठमाडौं ।
भारतमा भीषण मनसुनी वर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या आइतबार १ सय २४ पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो संख्या आइतबारसम्मको हो ।
अन्य दर्जनौँ हराइरहेका छन् । उनीहरुको खोजी कार्यमा उद्धारकर्मी जुटेका छन् । भारतीय मौसम विभागले अझै पनि केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारतको महाराष्ट्र राज्यमा बिहीबार मुम्बइको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० को मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।
पहिरोमा कम्तिमा पनि ९९ जना हराइरहेका छन् । वर्षापछिको डुबानका कारण विद्युत सेवा अवरुद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका ८ बिरामीको मृत्यु भएको थियो । भेन्टिलेटरमा उपचार गराइरहेका उनीहरुको विद्युत आपूर्ति बन्द हुँदा मृत्यु भएको थियो ।