म्याग्दी नदीको सहायक गुर्जा नदी थुनियाे

९ साउन, काठमाडौं
म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको मुख्य सहायक गुर्जा नदी थुनिएको छ ।

खोला थुनिएको खवर आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले बताए । उनका अनुसार नदी थुनिएको ठाउँमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ ।

धौलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएर ठुलो तलाउ बनेको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए ।

पहिरोले खोला थुनिएपछि बनेको तालमाथिबाट साँझ ७ बजेदेखि पानी ओभर फ्लो भएर बग्न थालेको स्थानीयले बताएका वडाध्यक्ष छन्त्यालले जानकारी दिए । थुनिएको खोला फुटेमा म्याग्दीखोला तटीय क्षेत्रमा जोखिममा पर्ने उनले बताएका छन् ।

पहिरो क्षेत्र मानव बस्तीदेखि धेरै टाढा जंगलमा पर्ने भएकोले पहिरो कति बेला गएको र कति पानी थुनिएको भन्ने खुलेको छैन । थुनिएको गुर्जाखोलाको पानी फुटेर बाढी आएमा धवलागिरी गाउँपालिकाको खाम्ला हुँदै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार भएर बेनीसम्मका बस्तीमा क्षति पुर्याउन सक्छ ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here