९ साउन, काठमाडौं
तनहुँको व्यास नगरपालिका–१४ मा पहिरोले खानेपानीको ट्यांकीमा क्षती पुर्याएपछि खानेपानीको अभाव भएको छ ।
डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्कीमा असार १७ गते गएको पहिरोले क्षति पुर्याएपछि गाउँमा ३ हप्तादेखि खानेपानीको हाहाकार भएको हो ।
विसं २०७१ मा नेपाल सरकारको ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो । पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन् ।
उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् ।