जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु

९ साउन, काठमाडौं
इलाममा जङ्गली च्याउ खाएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुछोरा छन् ।

जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएपछि विरामी परेका फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए ।

दुबै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here