स्रोत नखुलेको ४० लाखसहित एक व्यक्ति पक्राउ

९ साउन, काठमाडौं
स्रोत नखुलेको ४० लाखसहित झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–२ बेलाइतिबारीबाट स्थायनी ५० वर्षीय गौरी मण्डल पक्राउ परेका हुन् ।

उनको साथबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० रुपैंया बरामद गरिएको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् ।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here