प्रचण्डलाई थेग्नै नसक्ने तनाव : पार्टीबाट कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने

९ साउन, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवासमा मन्त्री बन्ने आकांक्षीको भीड लागेकाले तनाव भएको बताएका छन् ।

आफ्नो पार्टीका ४९ सांसदलाई नै मन्त्री पद चाहिएको भन्दै प्रचण्डले यसले आफूलाई मानसिक तनाव दिएको बताएका   हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्रीको आंकाक्षी रहेका छन् ।

‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसमा प्रचण्डले भने ।

मन्त्री बन्ने आकांक्षीहरुको होडबाजीले आफूलाई थेगिनसक्नु तनाव भएको उनको गुनासो छ । आफू यो तनावबाट फुत्किन मुस्किल रहेको पनि उनले जिकिर गरे ।

‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए खुशी हुने प्रवृत्ति पार्टीभित्र जबर्जस्त छ’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here