निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च गएकोप्रति यादव पक्षको आपत्ति

Upendra Yadav

९ साउन, काठमाडौं

निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएकोप्रति उपेन्द्र यादव पक्षले आपत्ति जनाएको छ ।

ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेपछि शनिबार बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले रिट गलत भएको निष्कर्ष निकालेको हो । निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने यादव पक्षको निष्कर्ष छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै कार्यकारिणी सदस्य रामसहाय यादवले यस बिषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको यादवले जानकारी दिए । यादव पक्षको बैठकमा संसदीय दलको बैठकले पारित गरेको दलको विधानको बारेमा पनि छलफल भएको छ ।

उक्त विधान कार्यकारिणी सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिने यादवले जानकारी दिए ।

निर्वाचन आयोगले पार्टीको विवाद निरुपण गर्न पार्टी एकीकरण हुँदाको बखत हस्ताक्षर गर्ने ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई प्रमाणसहित साउन ११ गते उपस्थित हुन आदेश दिएको थियो ।

ठाकुरले ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here