भन्सार छलि सवारी साधन चोरी निकासी गर्ने दुईजना पक्राउ

९ साउन, काठमाडौं
भन्सार छलि सवारी साधन चोरी निकासी गरि बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धबाट हुन्डाई कम्पनीको दुई गाडीसहित मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका–४ घर भई बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत दार्जिलिङ घर भई बौद्ध बस्ने ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरुको साथबाट बा. १९ च २०३६ र DL8CAZ6082 नम्वरको गाडी बरामद गरिएको छ ।

उनीहरुलाई गाडीसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here