विभिन्न दलका नेतासँग नेत्रविक्रम चन्दको भेटघाट जारी

९ साउन, काठमाडौं
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

उनले शनिवार नेकपा एमालेका नेता रामबहादुर थापा बादल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । विप्लव नेता खड्गबहादुर विश्वकर्मासहितलाई लिएर दुवै नेताहरुको निवास पुगेका थिए ।

नेता बादलले विप्लव, प्रकाण्ड र सन्तोष बुढासँग समसामयिक बिषयमा छलफल भएको जानकारी दिएका छन् । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए ।

विप्लवले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here