९ साउन, काठमाडौं
नेपालमा आज ३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय २० जनाको कोरोना परीक्षण गर्दा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ । २ हजार १ सय ९७ जना संक्रमित निको भएका छन् । आज थपिएसँगै कुल संक्रमितको संख्या ७ लाख ३३ हजार २ सय ६० पुगेको छ ।
कुल संक्रमितको ९४.५ प्रतिशत अर्थात ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म ९ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ ।
देशभर २७ हजार ७५७ जना सकृय संक्रमित छन् । तिमध्ये २५ हजार ८६ जना होम आइसोलेशनमा छन् । २ हजार ६ सय ७१ जना मात्र संस्थागत आइसोलेशनमा छन् । गम्भिर अवस्थाका ६ सय ५० जना संक्रमितको आईसीयूमा उपचार चलिरहेकामा १ सय ६५ जना भेन्टिलेटरमा छन् ।