जनता आवास कार्यक्रम : सिराहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पाए पक्कि भवन

९ साउन, काठमाडौं
विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका    छन् ।

जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि अहिलेसम्म सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् ।

शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाका अनुसार सिराहामा ११५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा २१८ भवन निर्माणाधीन अवस्थामा छ ।

अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६/०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here