बर्दियामा नुहाउन गएका तीनजना वेपत्ता, खाेजी जारी

९ साउन, काठमाडौं

बर्दियामा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक, उनकी बहिनी ८ बर्षीया दिलमाया र २५ वर्षीया लालसा चौधरी वेपत्ता भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरी उपरिक्षक कार्कीका अनुसार दाजुबहिनी कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा र लालसा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएका थिए । बेपत्ता तीनै जनाको खोजी भइरहेको छ ।

उनीहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी   दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here