एमालेमा युथफोर्स भ्याली कमाण्ड घोषणा, शक्ति प्रदर्शन

९ साउन काठमाडौं
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गर्दै शक्ति प्रदर्शन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई शपथ खुवाउदैछन् । युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल र्याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ ।

पछिल्लो समय एमालेमा माधव नेपाल र केपी शर्मा ओलीको दुई पक्षले आ–आफ्नै तरिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।

एक समूहले गरेका कार्यक्रममा अर्को समूह उपस्थित हुने गरेको छैन। आजको यस कार्यक्रममा पनि माधव नेपाल समूहको उपस्थिति भने छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here