धादिङमा खोप लगाएको दुई घण्टामा बृद्धको रहस्यमय मृत्यु, कारण खुल्न बाँकी

८ साउन, काठमाडौं
धादिङमा कोभिड–१९ बिरुद्ध खोप लगाएकाे दुई घण्टापछि एक बृद्धको रहस्यमय मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ का ७८ बर्षीय नरबहादुर श्रेष्ठको कोभिड–१९ बिरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाएको दुई घन्टा पछि रहस्यमय मृत्यु भएको हो ।

उनले जिल्लाको निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा पुगेका खोप लगाएका थिए । आफैं हिंडेर पुगेका उनी खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेर घर फर्किएका थिए ।

खोप केन्द्रबाट घर पुगेपछि असहज महसुस भएको र पुनः स्वास्थ्य केन्द्रमा पुर्याएपछि श्रेष्ठलाई चिकित्सकले मृत घोषणा गरेका धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार पहिले देखिनै विभिन्न खालका स्वास्थ्य समस्या रहेको उनलाई खोप को कारणले हो वा अन्य कारणले भन्ने यकिन भएको छैन । यसबारेमा स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङ गरिसकेको प्रजिअ ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here