विश्वभर तीन अर्ब ७५ करोड डोज कोरोनाविरुद्ध खोप लगाइयो

८, साउन, काठमाडौं
विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सबैभन्दा धेरै खाेप छिमेकी मुलुक चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डाेज लगाइएकाे त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको तथ्याङ्क छ । भारतमा कोभिड–१९ विरुद्धको खोपक अभियान सुरु भएको ६ महिना पुगिसकेको छ ।

करीब ६ प्रतिशत भारतीयहरुले खोपको दुवै डोज लिईसकेका छन् भने १७ प्रतिशत भारतीय नागरिकले एक डोज खोप लगाएका बीबीसीले जनाएको छ । यसबर्षको अन्त्यसम्म भारतले आफ्नो जनसंख्याको ७० प्रतिशत नागकिरलाई खोप दिनका लागि प्रत्येक दिन कम्तिमा पनि ८५ देखि ९० लाख डोज खोप आवश्यक पर्छ ।

ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापानमा ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here