कोरोना संक्रमण बढेपछि सिड्नीमा संकटकाल घोषणा

८ साउन, एजेन्सी
कोरोनाभाइरसको महामारी बढ्दै गएपछि अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

महामारी न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको अष्ट्रेलियाका सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

त्यहाँ पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको अधिकारीहरुको भनाई छ ।

यद्धपी राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here