महाराजाधिराज खुसी हुनु भएको छ, हामीलाई आममाफी मिलेछ : माधव नेपाल

८, साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आममाफी भन्नु बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले ओलीले बडामहाराजाधिराजको हुकुम जस्तै आममाफी भनेकाे टिप्पणी गरेका हुन् ।

‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, एम्नेस्टी इज ग्रान्टेड । हामी गद्गद् भयौं ! ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’ उनले प्रश्न गरे ।

संसदलाई जोगाएको, संविधानको रक्षा गरेको भन्दै नेता नेपालले आफूहरुले निक्के जायज काम गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here