ऋण लिएर भएपनि सबैलाई खोप उपलब्ध गराउने प्रधामनन्त्री देउवाको घोषणा

८ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण वा सापट लिएर भएपनि सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

संसदमा दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने र जति महँगो भएपनि खोप उपलब्ध गराईने बताएका हुन् ।

समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने पनि बताए । राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएको उल्लेख गर्दै देउवाले ‘सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन’ भने ।

देउवाले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरुलाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here