भाेलीदेखि लामो दुरीका यातायात चलाउन अनुमति

८, साउन, काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ ।

गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि यातायात व्यवसायीहरूलाई भोलीदेखि लामो दुरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने सहमति भएको हो । लोक सेवा, त्रिविका वार्षिक परीक्षा सञ्चालन हुने भएकाले यातायात सञ्चालन गर्न दिइएको प्रजिअ पराजुलीले बताए ।

कोरोना संक्रमण बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here