चितवनमा निषेधाज्ञा एक हप्तालाई थपियो

८ साउन, काठमाडौं
जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले निषेधाज्ञा थपिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

निषेधाज्ञाका समयमा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि मापदण्ड तयार गर्नाका साथै अघिल्लो निषेधाज्ञाका बेला लागू गरिएको नियम पालना गर्न भनिएको छ। स्थानीय मार्गमा सञ्चालन हुने सवारीसाधन जोरबिजोर नम्बरमा चल्नुपर्ने, सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने आदेशमा जनाइएको छ ।

क्याम्पसले लिने परीक्षा तथा प्रवेश परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने आदेशमा भानिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here