भीम रावलले फिर्ता लिए राजीनामा

८ साउन, काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण संघीय संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

बिहीबार एमाले वरिष्ठ नेता माधव नेपालले रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here