आज १ बजे प्रतिनिधि सभा बैठक बस्दै

८ साउन, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो ।

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here