एसएसपी सौरभ राणा डीआईजीमा बढुवा

७ साउन, काठमाडौं
गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि रिक्त दरबन्दीमा राणालाई बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रूपन्देहीमा कार्यरत राणा संघीय प्रहरी इकाई धरानमा कार्यारत रहँदा यौन शोषणको आरोपमा निलम्बनमा समेत परेका थिए ।

एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई उनीमाथि छानबिन गर्ने निर्देशन दिएको थियो । उनी सुनसरी जिल्ला अदालतबाट हाजिरी जमानीमा छुटेका हुन् ।

बढुवा समितिको बैठकले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी उपरीक्षक छायाँ देवी गुरुङलाई प्रहरी बरिष्ठ उपरीक्षकमा, सोही अस्पतालमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here