एमाले केन्द्रीय कमिटीको निर्णय (पूर्ण पाठसहित)

७ साउन, काठमाडौं
पार्टी एकतामा अधिकतम प्रयास गर्ने निर्णयसहित चार दिनसम्म चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ ।

बैठकले पार्टी एकताको प्रयासलाई थप निरन्तरता दिने, पार्टी अध्यक्षको तर्फबाट सबैलाई समेट्न अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बैठक गत सोमबारदेखी सुरु भएको थियो ।

फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने २२ सांसदलाई कारवाहीको निर्णय गर्नसक्ने अनुमान गरिएपनि बैठकले गल्ति सच्याएर आउनेलाई स्वागत गर्ने निर्णय गर्यो तर कारवाहीको निर्णय गरेन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here