पोखरीमा डुबेर बालिकाको मृत्यु

७ साउन, काठमाडौं
सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा बिहिवार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

भारतको सीतामढी पर्सा टोल घर भई हाल मोहनपुरमा रहेको मामा घरमा बस्दै आएकी तीन वर्षीया बालिका मेहनाज खातुनको स्थानीय सोगारथ रायको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो १ बजेतिर कपडा धुन गएकी आमा सकिला खातुनसँग पोखरीमा गएको र नुहाउने क्रममा डुबेकी प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएइको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here