मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

७ साउन, काठमाडौं
सर्लाहीको धनकौलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बीआर ०६ एयू ८९६६ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा धनकौल गाउँपालिका–३ का ४० वर्षीय मिथिलेस महतोको मृत्यु भएको हो । महतोले आफैले चलाएको मोटरसाइकल वुधवार राती पौने ८ बजेतिर धनकौल गाउँपालिका–२ मा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनलाई गाउँमै सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here