जसपा विवाद टुँग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई बोलायो

७ साउन, काठमाडौं
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुँगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यलाई बोलाएको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश दिएको हो ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुन आदेश दिइएको जानकारी गराए । पार्टी एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए ।

इजलासमा आज दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

कार्यकारिणी समितिमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले ३१ जना सदस्य रहेको भन्दै बहुमत रहेको दाबी गरेको छ ।  तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो ।

तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका    थिए । आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here