एडिबीले नेपाललाई खोप किन्न झण्डै २० अर्ब ऋण दिने

७ साउन, काठमाडौं
एशियाली विकास बैंक एडिबीले नेपाललाई झण्डै २० अर्ब रुपैंया ऋण दिने भएको छ ।

एडिबीले ६८ लाख नेपाली लाभान्वित हुने गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको हो ।

एक करोड ५९ लाख डोज खोप खरिद गर्न ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

बैंकका अध्यक्ष मासाटुगु आशाकावाले जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here