७ साउन, काठमाडौं
साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ ।
धितोपत्रको कारोवार मापक नेप्से परिसूचक आज १८.७५ अंकले बढेर ३ हजारको बिन्दु पार गरेको छ । नेप्से ३००४.३१ विन्दुमा उक्लिएको हो । ‘क’ बर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा पुगेको छ ।
कारोवारमा सुचिकृत १३ उपसमूहगत सूचकमध्ये ५ वटामा हरियाली छाएको छ । बाँकी ८ वटा उपसमूहगत सूचक राता भएका छन् ।
म्युचुअल फन्ड समूह सर्वाधिक ५.२७ प्रतिशतले उकालो लागेको छ । बैंकिङ समूह १.७२ प्रतिशत, वित्त समूह १.५४ प्रतिशत, जलविद्युत समूह ०.८३ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशतले बढेका छन् ।
बिहीबार सवा ११ अर्ब रुपैयाँको कारोवार भएको छ । कारोवार अवधिभर २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँको कारोवार भयो । ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर खरिदबिक्री भए ।
कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । यस्तैगरी नेपाल बैंकको ३६ करोड ५ लाख ८० हजार, एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख ४८ हजार रुपैयाँको कारोवार भएको छ ।