केपी ओलीको घोषणा : बाटो बिराएका साथीहरुलाई आममाफी दिइनेछ

७ साउन, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो विराएका सबैलाई आममार्फी दिने घोषणा गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइनेछ) ।’

पद र स्वार्थ छाडेर मिलेर काम गर्न पनि उनले सबैलाई आह्वान गरे ।

‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं’ ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here