यातायात व्यवसायीको आन्दोलनः भाडा समायोजन र खोपको माग

७ साउन, काठमाडौं
भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरू आन्दोलित बनेका छन् ।

यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट, २० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायतका माग गर्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

पटक–पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गरेपनि नसुनेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

उनले सरकारले अबपनि आफूहरुको माग पुरा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । साउन १० गते देशभरका यातायात व्यवसायीको तर्फबाट चावी बुझाउने खनालले बताए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उनीहरुले बिहिबार विरोध र्याली निकालेका छन् । जोरपाटी स्वयम्भूलगायत ठाउँबाट निकालिएको र्याली यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्म पुगेको थियो ।

यातायात व्यवसायीको विरोध र्यालीका कारण चावहिल, मित्रपार्क, गौशाला लगायत सडकमा सवारीसाधन जामले अस्तव्यस्त बनेका थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here